सर्वाधिक धनराशि रहेको ‘राजर्षि जनक कप’ माघ २५ देखि हुने
सर्लाही । मधेस प्रदेशकै सर्वाधिक धनराशि रहेको सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ । बागमती युवा क्लवको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किस्मत मैनालीले प्रतियोगितामा प्रथम हुनेले १० लाख नगद तथा कप र दोस्रो हुनेले पाँच लाख रुपैयाँ पाउने जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको उनले बताए । बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पिप्ले युथ क्लव हेटौंडा, सुदूरपश्चिम–११, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबलगायतका राष्ट्रिय स्तरमा चर्चित क्लबहरुले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा भारत दार्जलिङको युनाइटेड किङडम क्लबको समेत सहभागिता रहने अध्यक्ष मैनालीले जानकारी दिए । फागुन ७ गते हुने फाईनल प्रतिस्पर्धामा प्रथम हुने टिमले १० लाख नगदसहित सुन र चाँदी प्रयोग गरेर बनाइएको २० किलोको कलात्मक शिल्ड उचाल्न पाउनेछ । ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा हरेक दिनका म्यान अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल समेत प्रदान गरिने आयोजकले जनाएको छ । बागमती युवा क्लबको आयोजनामा सातौं पटक राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिसकेको छ ।
उद्घाटन खेलमा विभागीय टिम एपीएफले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रतिखेल एक सय रुपैयाँ तथा सेमिफाइनल एवं फाइनल खेलमा भने दुई सय रुपैयाँको टिकट दर तोकिएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बागमती नगरपालिकासहित विभिन्न गैरसरकारी संघसंस्था, विभिन्न व्यापारिक अर्गनाइजेसन, उद्योगी, व्यापारीहरुसँग सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया