रङ्गकर्मीहरूको रोजाइमा पर्दै सोलुको पत्ताले
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको पत्ताले क्षेत्र रङ्गकर्मीहरूको रोजाइमा पर्दै गएको छ । पत्ताले क्षेत्रमा अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीका लागि पनि छायाङ्कनको रोजाइमा पनि पर्न थालेको हो ।
यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायाङ्कन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका लागि आकर्षक छायाङ्कन स्थल बन्दै गएको छ । खुम्बु क्षेत्रमा चर्चित हलिउड फिल्म ‘एभरेस्ट’ र बलिउड फिल्म ‘उचाइ’को छायाङ्कनपछि तल्लो क्षेत्रको हिमाली बस्ती पत्तालेमा पनि नेपाली फिल्म तथा टेलिशृंखलाको सुटिङ हुन थालेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमशृंखलाको दृश्य नजिकबाट सहजै कैद गर्न सकिने भएकाले पनि चलचित्र निर्माताको ध्यान पत्तालेले तानेको हो ।
समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको पत्तालेबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र गौरीशंकर हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’, ‘प्रेम गञ्ज’ तथा हाँस्य टेलिशृंखला ‘सक्किगोनी’को १००औं शृङ्खलाको छायाङ्कन गरिएको छ । ‘हामीले पत्तालेमा साँच्चिकै स्वर्गीय अनुभूति गर्न पायौँ,’ नेपाली चलचित्र स्वर्ग मेरो गाउँको छायाङ्कनका लागि आएका निर्देशक रामकृष्ण बजगाईंले भने ।
यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएपछि उनले लगभग पूरा फिल्म पत्तालेको ग्रामीण परिवेशमा नै छायाङ्कन गराएका थिए । ‘यहाँको रहनसहन, संस्कृति र सम्पदा नेपाली दर्शकलाई पस्कनयोग्य छन्’, चलचित्रकी नायिका भावना गुरुङले भनिन् । नायक नरेन खड्का पनि पत्तालेको एकमहिने बसाइमा दङ्ग नै देखिन्थे । राष्ट्रियस्तरका कलाकारको आवागमनले यस क्षेत्रका बालबालिकामा पनि सकारात्मक प्रभाव परिरहेको छ । ‘यहाँ फिल्म सुटिङ हुँदा हाम्रा बालबालिका पनि कलाकारितामा रुचि राख्ने भएका छन्,’ पत्ताले आधारभूत विद्यालयका प्रधानाध्यापक राम मगरले भने । प्रेमगञ्जकी नायिका बेनिशा हमालले पनि पत्तालेको मनोरम दृश्यले लोभ्याएको बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया