अर्थतन्त्रको सुधार ‘लाइफ एण्ड डेथ’को सवाल
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रको सुधारलाई आफूले आफ्नो र सरकारको सफलता र असफलताभन्दा पनि ‘लाइफ एण्ड डेथ’ अर्थात् जीवन र मरणको रुपमा लिएको भन्दै सुधार गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अर्थतन्त्र सुधारका लागि नेपालमा कृषिको आधुनिकीकरण नै पहिलो प्राथमिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगहरु स्थापना नगरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सकिन्छ भन्नु सहायक कुरा मात्र हुने जिकिर गरे । प्रधानमन्त्री प्रचण्ड आफैँ कृषिमा उच्च शिक्षा अध्ययन गरेका नेता हुन् ।
खासगरी विदेशमा अध्ययन गरेर आएर नेपालको नीति निर्माण तहमा बसेकाहरुले देशको अर्थतन्त्र सुधारका लागि गरेका प्रयासहरु सफल नभएको संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा भने, ‘अर्थतन्त्रमा निर्णायक र गुणात्मक परिवर्तन कृषिको आधुनिकीकरणबाहेक अरुबाट सम्भव छैन । नेपालको विकास नेपालमा अध्ययन गरेका, नेपालको भौतिक स्थिति र नेपालको विकास प्रक्रियालाई बुझेकाबाट मात्र सम्भव छ । म त्यस्तै विद्धानहरुको सहयोग, सुझाव, टिप्पणी र आलोचना सुनेर अगाडि बढ्न चाहन्छु ।’
नेपालको अर्थतन्त्र सुधार गर्न कृषिलाई प्राथमिकता दिने बारेमा बेला–बेला कुरा उठ्ने गरे पनि कसरी आधुनिकता दिने भन्ने सवालमा ठोस धारणा सरकारको बनेको छैन । दैनिक खाद्य वस्तु नै विदेशबाट ल्याउनुपर्ने अहिलेको अवस्था सुधार गर्न नेपालको कृषिमा आधुनिकीकरण र थप अध्ययन अपरिहार्य भइसकेको छ ।
नेपालमा पछिल्ला दुई महिनादेखि अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि ती दिगो र स्थायी प्रकृतिको नभएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि जिकिर गरे । ‘गत सालसम्म नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने हो कि भन्ने आतंक सिर्जना भएको थियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अहिले दुई महिनायता केही सकारात्मक सुधारका संकेत पनि देखिएका छन् । तर, यी पनि स्थायी प्रकृतिका छैनन् । हामीले अर्थतन्त्र सुधारको लागि पहिलो प्राथमिकता कृषि क्षेत्रलाई नै दिनुपर्छ ।
उत्पादकत्व वृद्धिका लागि कृषिको आधुनिकीकरण र कृषिमा आधारित उद्योगहरुमा जोड दिने अभियानतिर देशलाई लैजानैपर्छ ।’नेपालको आफ्नो प्राथमिकताको क्षेत्र कुन हो ? भन्ने जानकारी नभएका विद्वानहरुका कारण खाद्यान्नमा समेत परनिर्भरता बढेको प्रचण्डको बुझाइ छ । ‘हिजो खाद्यान्नमा आत्मनिर्भर थियौँ, हामीलाई चाहिने कुटो, कोदालो, हलो, गोरु, गाडाजस्ता सामग्रीमा आत्मनिर्भर थियौँ ।
खाद्यान्न हामीले निर्यात गर्ने गरेका थियौँ । तर, धेरै पढिसक्यौँ, धेरै छलफल ग¥यौँ, धेरै विद्वान् भयौँ तर हामी फेरि खाद्यान्नमा परनिर्भर हुँदै किन गयौँ ?’नेपालले आफैँसँग भएको सकारात्मक शक्तिलाई पहिचान गरेर त्यसलाई अधिकतम सदुपयोग गर्न नसकेको कारण यस्तो समस्या आएको उनको बुझाइ छ । सेजन डेका अवसरमा विभिन्न पत्रकारहरुलाई पुरस्कार सम्मान प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
- सन्दीप लामिछानेले अमेरिकाको ‘भिसा पाएनन्’, क्यानले अब के गर्ला ?
- भारतसँगका पर्साका सीमानाका बन्द
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया