दोलखाको माथिल्लो क्षेत्रमा हिमपात
दोलखा । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, गौरीशंकरलगायतका माथिल्लो भू–भागमा यसवर्षको पहिलो हिउँ परेको हो ।
त्यस्तै जिल्लाको तल्लो भू–भागमा करिब छ महिनापछि वर्षा भएको छ । गतवर्षहरूमा मंसिरदेखि नै हिउँ पर्ने भए पनि पानी नपरेको कारण यसवर्ष फागुनको पहिलो हप्ता सकिँदासम्म हिउँ पर्न सकेको थिएन । आइतबार आएको मौसम परिवर्तनसँगै हल्का वर्षा भएपछि उच्च हिमाली क्षेत्रमा हिउँ खस्न सुरु गरेको हो । आइतबार अपराह्न ४ बजेदेखि कालिञ्चोक क्षेत्रमा हिम्पात भएको स्थानीय होटल व्यवसायी नवराज तामाङले जानकारी दिए ।
लामो समयपछि हिउँदे वर्षा तथा हिम्पात हुँदा जिल्लाका किसान तथा होटल व्यवसायीहरू खुसी भएका छन् । हिउँद सकिन लाग्दा समेत हिउँ नपर्दा बाली लगाउन नपाउँदा किसानहरू चिन्तित थिए भने पर्यटक नआउँदा होटल व्यवसायी मारमा परेका थिए । हाल वर्षसँगै भएको हिमपालले किसान तथा होटल व्यवसायीलगायत सबैमा उत्साह छाएको छ । हिमपातपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरी, शैलुङको शैलुङ डाँडा, थुम्की, गौरीशंकर हिमालआसपासका डाँडाकाँडा र जिरीको माथिल्लो भू–भाग, खरीढुङ्गालगायतका माथिल्लो क्षेत्र सेताम्य भएका छन् ।
कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्थानीय होटल व्यवसायीले सुविधासम्पन्न करिब एक सयवटा होटल सञ्चालनमा ल्याएका छन् । हिउँ परेसँगै कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने संकेत देखिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया