खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा
किमाथाङ्का,सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ ।
ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए। सम्झौताअनुसार अब यो सडकखण्ड ११ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्छ । विसं २०७८ को असार १७ गते उत्तर–दक्षिण कोशी सडक योजनाले ठेक्का सम्झौता गरेको खाँदबारी–थामसेर्कु १४ किलोमिटर सडकको कालोपत्र गर्ने काम १७ प्रतिशत मात्रै भएको छ ।
थामसेर्कु–कप्ताने १२ किमी सडकमा १५ प्रतिशत र कप्ताने–नुम सडकको १३ किमी सडकमा पनि १७ प्रतिशत मात्रै काम भएको छ । खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ । उत्तर–दक्षिण कोशी योजनाले ट्र्याक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । राससका अनुसार कालोपत्र गर्ने काममा ढिलाइ हुनुमा निर्माण सामग्रीमा भएको मूल्य वृद्धि र वर्षाको बेला काम गर्न नसकेको बहाना बनाइएको छ ।
रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले विभिन्न बहाना बनाएर काम नगर्दा स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काम मात्रै गरेको छ । यो सडकखण्ड ठेकेदार कम्पनीले विसं २०८० पुस १३ सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ तर कामको गति हेर्दा यो समयमा सम्पन्न गर्न कठिन देखिन्छ ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया