मकैमा अमेरिकी फौजी कीराको प्रकोेप
बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।
केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले राससलाई जानकारी दिए । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए।
वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति पु-याएको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।
“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”
कृषकलाई ४५ लाख अनुदान
प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु. ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु. १५ हजारका दरले अनुदान आएको शिवाकोटीले जानकारी दिए। जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ ।
मकैखेती प्रवद्र्धनअन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् । सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा छ । छिटपुटरूपमा उत्पादित मर्क किसानले बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, सहकारी–कृषि
ताजा अपडेट
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
- मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने
- कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने
- पर्यटकीय गन्तव्य प्रोफाइल बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया