राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरूमार्फत नियमानुसार सहजरूपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।
उक्त सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फछ्र्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिति थियो । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित दुई सय ६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलेर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया