अशोक लेल्यान्डको लाइट कमर्सियल भेहिकल ‘दोस्त’मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’
काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ग्राहकहरुलाई लक्षित गरी आफ्नो लोकप्रिय हलुका सवारीसाधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’मा अटोमोबाइल क्षेत्रकै सम्भवतः सबैभन्दा बढी पाँच वर्षको वारेन्टी घोषणा गरेको छ ।
यो सवारीसाधन उत्पादक कम्पनी आफैँले घोषणा गरेको वास्तविक वारेन्टी हो । यो कदम ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको लागि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नेपालको एलसीभी अर्थात् लाइट कमर्सियल भेहिकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी समेत हो । कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो, यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेन्जका कम्पोनेन्टहरुलाई यसले कभर गर्नेछ ।
यो वारेन्टीअन्तर्गत इन्जिनका साथसाथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर र कुलिङ फ्यान क्लचजस्ता प्रमुख उपकरण सबैमा कभर हुनेछ । यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटरजस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले उत्पादक कम्पनीको पाँच वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो भएको बताए । धेरै कम्पनीहरुले तीनवर्षे वारेन्टी मात्र उपलब्ध गराइरहेको सन्दर्भमा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम चालेको उनको दाबी छ । यसले ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारीसाधन सञ्चालन गर्न सहयोग पु-याउने उनको भनाइ छ ।
सबै प्रमुख कम्पोनेन्ट समेट्ने व्यापक वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झटमुक्त स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने बताईएको छ । कुनै कारणले सवारीसाधनको स्वामित्वमा परिवर्तन भएको अवस्थामा समेत कम्पनीलाई सूचित गरेपछि तोकिएको अवधिको लागि सो वारेन्टी हस्तान्तरण हुनेछ ।
साथै, कम्पनीले ग्राहकहरुलाई आफूले चाहेको कमर्सियल गाडीहरु खरिद गर्न सहयोग पु-याउनका लागि सहज फाइनान्स सुविधाको समेत घोषणा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया