सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अनिश्चित बनेको छ ।
केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले राससलाई जानकारी दिए ।
“पाँच वटा क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको छ”, उनले भने, “अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।” उनले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले निर्वाचन समितको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थी सङ्गठनहरुले विद्यार्थी भर्नाका लागि दुई दिनको समय तय गरी चुनावलाई असफल र विद्यार्थीहरुलाई मताधिकारबाट बञ्जित गर्न खोजेको आरोप लगाएका छन् । अन्य विद्यार्थी सङ्गठनले भने निर्वाचन हुनुपर्ने माग गरेका छन् । अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्नुपर्ने बताए । “हामीले पटक–पटक छलफल गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छौँ”, उनले भने, “हाम्रो सङ्गठन निर्वाचनमा जान तयार छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भने ताला खोल्नका लागि पटक–पटक छलफल भएपनि सहमति जुट्न नसकेको जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया