काठमाडौं । एभरेष्ट बैंकले चैत ६ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी काकर्यक्रम गरी ‘ग्लोबल मनि विक–२०२३’ मनाएको छ । बैंकले सातवटै प्रदेशका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो ।
बैंकले कार्यक्रमबाट युवा अवस्था देखि नै पैसाको व्यवस्थापन गर्न सिक्न र भविष्यको लागि बचत गरी परिवारमा आर्थिक सहयोग पु¥याउन मद्दत गर्ने विश्वास लिएको छ । यस्तै युवायुवतीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान पु-याउने बताएको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यो बैंकले १३ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले एक सय २४ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालयहरू, एक सय ६० एटीएमसहित मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया