युनियन, प्राइम र गुराँस लाइफको मर्जरसम्बन्धी प्रस्ताव पारित
काठमाडौं । प्राइम र गुराँस लाइफसँग मर्जरमा जाने अन्तिम निर्णय गर्दै युनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सले बुधबार भैरहवामा विशेष साधारणसभा डाकेको थियो । विशेष सधारणसभाले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने÷गाभिनेसम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको हो ।
यी तीन इन्स्योरेन्स एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहने र सोही नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । तीनवटै इन्स्योरेन्सबराबर सेयर अनुपातमा एक–आपसमा गाभिन लागेका हुन् । बुधबार नै प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले पनि विशेष साधारणसभामार्फत एक आपसमा गाभ्ने÷गाभिनेसम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया