Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररेमिट्यान्स प्राप्त गर्दा ५० रुपैयाँ बोनस

रेमिट्यान्स प्राप्त गर्दा ५० रुपैयाँ बोनस


काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आईएमई–पे’मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।

‘आईएमई–पे’ले सो बोनस रकम आगामी दिनहरूमा पनि निरन्तरता दिँदै ग्राहकहरूलाई झन्झटविना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया