मुक्तिनाथ विकास बैंकद्वारा बीमा रकम हस्तान्तरण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका कोहलपुर नगरपालिका वडा नं. ११ का स्व. जयप्रकाश घर्तीको परिवारलाई बीमादाबी भुक्तानीबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । घर्तीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले सो रकम बीमा सुविधाबापत पाएका हुन् । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो । बैंकले बुधबार कोहलपुर नगरपालिका वडा नं. ११ को वडा कार्यालयमा कार्यक्रम आयोजना गरी उक्त बीमादाबी भुक्तानीबापतको १० लाख रुपैयाँ मृतकको श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरेको हो ।
बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्तरूपमा सो रकम हस्तान्तरण गरेका हुन् । हाल बैंकको परिवारलक्षित एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शीवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया