सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच सम्झौता
काठमाडौं,सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरको तर्फबाट प्रबन्धक–सेल्स एन्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले सोल्टी वेस्टेन्ड प्रिमियरमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्युआरमार्फत खाना र वेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया