दोलखा । जिल्लाका सबै स्थानीय तहरूमा किसानले व्यावसायिक तथा घरमा पालेका भेडाबाख्रामा महामारीका रूपमा लाग्ने(पीपीआर) रोग नियन्त्रण गर्न एक साता खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्लाका सबै स्थानीयतहले मंगलबारदेखि सप्ताहव्यापी रूपमा खोप कार्यक्रम सञ्चालन गर्नेभएका छन् । भीमेश्वर र जिरी नगरपालिका तथा बैतेश्वर, गौरीशंकर र शैलुङ गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर मंगलबारदेखि आगामी फागुन २ गतेसम्म एक साता प्रत्येक वडामा पुगेर किसानहरूले पालेका भेडाबाख्रालाई खोप दिने जनाएका हुन् । पीपीआर रोगले धेरै भेडाबाख्रा मर्ने तथा लामो समयसम्म बिरामी पर्ने समस्या आएकोले यस प्रकारको रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको हो । पीपीआर रोग संक्रमण भएको भेडा तथा बाख्राको मासु सेवन गर्दा मानिसलाई समेत विभिन्न रोग लाग्ने हुँदा रोग नियन्त्रण र भेडाबाख्राको संरक्षणको लागि खोप अभियान सञ्चालन गरिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
शैलुङ गाउँपालिकाले मंगलबारदेखि जिल्ला भेटेनरी अस्पतालको निर्णयअनुसार भेटेनरी शाखाका प्राविधिक खटाएर किसानका गोठमै पुगेर भेडाबाख्रालाई खोप दिने छ । गाउँपालिकाले करिब १० हजार भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप दिने लक्ष्य राखेको छ । त्यसैगरि जिल्लाको बैतेश्वर गाउँपालिकाले पनि पालिका करिब १५ हजार भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप दिने जनाएको छ । गाउँपालिकाका भेटेनरी शाखाका प्रमुख शान्ति दाहालले गाउँपालिका धेरै किसानका भेडा तथा बाख्रामा पीपीआर रोगले मरेको पाइएकाले रोग नियन्त्रण गर्न २० वटाभन्दा बढी बाख्रा तथा भेडा पाल्ने किसानकै गोठमा पुगेर पीपीआरविरुद्धको खोप दिने बताइन् । उनले गाउँपालिका सबै वडामा खोप प्राविधिक पठाएर खोप कार्यक्रम सञ्चालन गर्ने बताइन् । साथै उनले खोप अभियानमा सहभागी भएर भेडाबाख्रामा लाग्ने रोग नियन्त्रण गर्न सहयोग गर्न उनले किसानहरूलाई अनुरोध समेत गरिन् ।
पीपीआर रोगका कारण यसअघि बैतेश्वर गाउँपालिकामा करिब ३५ वटा बाख्रा मरेको थियो भने सोही रोगको कारण मेलुङ गाउँपालिकामा पनि दुई दर्जन बोकाबाख्रा मरेको भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र चरीकोटले जनाएको छ । भेडा बाख्रामा लाग्ने अन्य रोगभन्दा पीपीआर रोग निकै घातक भएकाले एकैपटक धेरै भेडाबाख्रामा संक्रमण हुने र धेरै मर्ने गरेकोले किसानहरूले ठूूलो क्षति खेप्नु नपरोस् भनेर खोप कार्यक्रम सञ्चालन गरेको जिल्ला भेटेनरी अस्पताल दोलखाले जनाएको छ । भेडा बाख्रामा पीपीआर रोग लाग्दा जिब्रो पाक्ने, टाउको सुनिने, पिसाब रोकिने तथा फोक्सो कलेजो बिगार्ने र एकैपटक धेरैमा संक्रमण हुनेहुँदा गोठ नै रित्तिने गरी भेडा बाख्रा मर्ने कार्यालयले जनाएको छ ।
जिल्ला भेटेनरी कार्यालयको आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार सप्ताहाव्यापी खोप अभियान सञ्चालन गरेको हो । कार्यालयले एक साताको अवधिमा करिब ७० हजार भेडाबाख्रालाई पीपीआर खोप दिने बताएको छ । कार्यालयले सबै स्थानीयतहलाई प्राविधिक जनशक्ति खटाएर खोप अभियान सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया