काठमाडौं । शेयर बजार परिसुचक पुन: खुम्चिएको छ । अघिल्लो दिन शुन्य दशमलव शुन्य आठ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार पाँच दशमलव शुन्य छ अंकले ओरालो लागेर २७ सय दशमलव ४७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ६६ अंकमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ४१ हजार एक सय चार पटकको कारोबारमा ७७ लाख ४३ हजार ३० कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचबाट आधारमा कुल कारोबार रकम तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार सात सय ९८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । ति मध्ये बाणिज्य बैंक, फाईनान्स लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् । यि बाहेकका बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य उपसमुहको सुचक भने खुम्चिएका छन् ।