नेपालमा चिनियाँ पर्यटक बढाउन चीन सरकारले चीनको केन्द्रीय राजधानी सहर बेइजिङ (पेकिङ) मा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिएको थियो । सो भ्रमण वर्ष कार्यक्रम चाहिँ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा विशेष महत्व दिएर आयोजना गरिएको थियो । चीनको राजधानी सहर बेइजिङमा त्यसरी ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गर्नुको उदेश्य सन् २०१९ को अन्त्यमा चीनबाट फैलन सुरु भएको कोरोना महामारीपछि नेपाल भ्रमणमा गर्न आउने पर्यटकको सङ्ख्या जुन स्तरमा ह्वात्तै घटेको थियो, ती चिनियाँ पर्यटकको सङ्ख्या पुनः बढाउनु रहेकोे थियो । तर, अपेक्षाअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्न आएका चिनियाँको सङ्ख्या बढेन । अझ भएन चीनको राजधानी सहर बेईजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिएको दोस्रो वर्षको मध्यमा आइपुग्दा पनि अपेक्षा गरेअनुरुप चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका छैनन्् । यसको उदाहरण सन् २०२६ को ५ महिना बितिसक्दा पनि नेपाल गर्न आएका चिनियाँ पर्यटकहरूको सङ्ख्या अपेक्षाअनुसार बढेको छैन । हुन पनि मासिक ७, ८, ९ लाख चिनियाँ पर्यटक विश्व भ्रमणमा निक्लने गरेका छन् । तर नेपालमा भने सन् २०२६ को ५ महिना बितिसक्दा पनि मासिक रुपमा एकै पटक ११ हजार चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आउन सकेका छैनन् । तै विशेक सन् २०२६ को ५ महिनामा चाहिँ विगतका वर्षहरू हेरिकन केही बढी सङ्ख्या चिनियाँ पर्यटकहरू केही बढी सङ्ख्यामा नेपाल भ्रमण गर्न आएका छन् । जस्तो कि जनवरी महिनामा ९,१०१ जना । फेब्रुअरी महिनामा १०,८१६ जना । मार्च महिनामा ११,२२० जना । अप्रिल महिनामा ११,७२२ जना । र मे महिनामा ११,५१४ जना । यसरी सन् २०२६ को ५ महिनामा जम्मा ५४,३७३ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएको देखिन्छ । यसरी तथ्याङ्क हेर्दा सन् २०२६ को बाँकी ७ महिनामा सजिलैसँग १ लाख चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गर्न सक्ने देखिन्छ ।
खास गरिकन विसं २०८१ असारमा चीनका उप–विदेशमन्त्री सुन बेइतोङ÷बेइडोङको नेपाल भ्रमणपछि सो समाचार नेपालमा पुनः व्यापक रुपमा प्रशारण–अपलोड–प्रकाशित भएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्डले सन् २०२३ को सेप्टेम्बर महिनामा औपचारिक रुपमा चीनको भ्रमण गरेको बेला दुई देशको सरकारी स्तरमा तय भएको कार्यक्रम रहेको थियो ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि चीनको राजधानी बेइजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिने’ कार्यक्रम गरिने निर्याण भएको थियो । जुन कुरो तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा दुई देशको सरकारी अधिकारीहरूले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको थियो । पुनः चीनका उप विदेशमन्त्री सुन बेइतोङ नेपाल भ्रमण गर्न आएको मौकामा ‘नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन चीनको राजधानी सहर बेइजिङमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ आयोजना गरिने’ कार्यक्रमलाई मूर्त रुप दिइएको थियो । स्मरणीय छ, चीनका उप विदेशमन्त्री सुन बेइतोङ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसर हुने औपचारिक कार्यक्रममा भाग लिने क्रममा नेपाल भ्रमणमा आउनु भएको थियो भन्ने माथि नै उल्लेख गरिसकिएको छ । सो भ्रमणको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न र धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ चीन सरकारले आफ्नो देशमा ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरिएको पुनः दोहो¥याउनु भएको थियो । उहाँले आप्mनो भनाइ राख्ने क्रममा नेपालको आर्थिक तथा सामाजिक विकास गर्न चीन सरकारले निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । हो, सन् २०१९ को अन्त्यमा चीनबाट कोरोना (कोभिड–१९) महामारीपछि चीनबाट नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको सङ्ख्या अपेक्षा गरेभन्दा धेरै नै कम संख्यामा आइरहेका छन् । हुन पनि सन् २०१९ मा १,६९,५४३ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारी अन्त्यपछि चीनबाट एक दमै कम सङ्ख्यामा मात्रै पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सुरुमा दुई चरणमा चीन सरकारले आप्mना देशका नागरिकलाई पर्यटक भई विदेश भ्रमण गर्न जाने अनुमति दिएपछि मात्रै नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको सङ्ख्या केही बढ्न थालेको हो । जबकि सन् २०२३ पछि सजिलैसँगै एक नाघ्ने लाख चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्न आशा गरिएको थियो । त्यसो भए पनि सन् २०२३ चीनबाट नेपालमा ६० हजार चानचुन चिनियाँ पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए भने, सन् २०२४ मा पनि १,०१,८७९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२५ मा पुनः घटेर ९५,४८० जना चिनियाँ पर्यटक मात्रै नेपाल भ्रमण गर्न आए । सन् २०२६ को ५ महिनामा ५४,३७३ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आइसकेका छन् ।
हुनत चीन सरकारले सन् २००३ मा बल्ल आप्mना देशका नागरिकहरूलाई नेपालमा पर्यटक भई भ्रमण गर्न अनुमति दिन थालेको हो भने, सन् २०१३ देखि मात्रै चिनियाँ पर्यटकको सङ्ख्याले एक लाख नाघ्न थालेको थियो । सन् २०१९ मा सबैभन्दा धेरै अर्थात् १,६९,५४३ जना चिनियाँ पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । सन् २०१९ को डिसेम्बर अन्तिममा महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्यामा चिनियाँ पर्यटकको सङ्ख्या तेस्रो, चौथो, पाँचौं, छैठौं स्थानमा झर्यो । सन् २०२३ मा चाहिँ केही बढेको अवस्थामा आएको छ । पङ्क्तिकारको विचारमा चाहिँ चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपालमा भित्र्याउन चीन सरकारले आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२५’ पछि अब चीनको ठूलो एवं धेरै जनसङ्ख्या बसोवास भएका सहरहरू साङघाइ, बेइझिङ, सेनजेन, ग्वाङझो, चेङदु, तियानजी, बुहान, दोङगुवान, सियान, हाङझाउ, फोसान, नानझिङ, सेन्यान, झेङझोउ, क्विनदाओ, सुझोउ, जिनान, चाङसा, कुनमिङ, हार्बिन, सिझिया, झुवाङ, हेफेइ, ताइयुयान, गर्ययाङ, झोङसान, हान्तोउ, निङबो, फुजोउ, ताङसान, बेनझोउ, जिबो, हुइझोउ, हाङचुन, नानतोङ, फुजोउ, उरुम्की, दालिन, नानचाङ, चाङझोउ, आनझोउ, हुइझोउ, बेनझोउ, बुसी, ताङसानलगायत लगभग ५० वटा सहरमा चीन–नेपाल सीधा हवाइ उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । हुन पनि ती ५० वटा सहरमध्ये ७ वटा (साङघाइ, बेइझिङ, सेनजेन, ग्वाङझो, चेङदु, तियानजी, वुहान) सहरहरूमा मात्रै १० करोडभन्दा बढी जनसंख्या बसोवास गर्छन् ।
साथै चिनियाँ एयरलाइन्सहरू एयर चाइना, साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, हाइनान एयर, साङघाइ एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर जुनेयावो एयर, नाइन एयर, बेइझिङ एयर, चाइना युनाइटेड एयर, जियाङसी एयर, लक्की एयरलाइन्स, स्प्रिङ एयर आदिले जति सक्दो धेरै र उडान र धेरै सहरहरूमा सेवासञ्चालन गर्नुपर्ने देखिन्छ । साथै नेपालका एयरलाइन्सहरू नेपाल वायु सेवा निगम (नेवानी), हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, बीबी एयर, सौर्य एयर, श्री एयरलाइन्स आदिले पनि नेपालबाट चीनका ठूला र धेरै जनसंख्या वसोबास गर्ने सहरतर्फ हप्ताको १४–१५ देखि १९–२० उडान गराउन सके राम्रो हुने देखिन्छ । त्यसका छिट्टै पहल गर्नुपर्ने देखिन्छ । अझ संभव भएदेखि हप्तामै ३२–३४ उडान गर्न सके झनै राम्रो हुन्छ । गएको ६ वर्ष (सन् २०२०, २०२१, २०२२, २०२३, २०२५) मा बाहेक २०२४ र चालू वर्षको ५ महिनामा चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएको देख्दा, हेर्दाखेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्यामा चिनियाँ पर्यटकको स्थान दोस्रोमा स्थानमा पुग्ने छन् भन्न सकिन्छ । केही जानकारी चाहिएः ९८६२४३६०४९, ९८४९९८५९९७ ninamkirat123@gmail,com