काठमाडौं । मात्रिका आँखा केन्द्रले सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका थिए । शिविरमा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण गरिएको थियो । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग अनुसार आँखा शिविर र औषधी उपलब्ध गराउँदै आएको जनाएको छ । पहिलो चरणमा काभ्रेपाल्चोकको नवबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना, सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना विरामी लाभान्वित भएका छन् । त्यस्तैगरी साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीम सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन् । गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट एक सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । काठमाडौं महानगर १८ नरदेवीमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना, भक्तपुरमा भएकोमा १५ जना र मैतिदेवीमा भएको शिविरमा १२ जना गरी एक सय आठ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको हो ।
त्यसैगरी तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने ७५ जना बिरामी लाभान्वित भएका छन् । ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका थिए ।