काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन ४४ दशमलव ५९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार आठ दशमलव ७८ अंकले उकालो लागेर २६ सय ६१ दशमलव ७१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले उकालो लागेर चार सय ६२ दशमलव ४७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५९ पटकको कारोबारमा ४३ हजार एक सय ३१ पटकको कारोबारमा ८९ लाख ६४ हजार दुई सय २३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ११ करोड ७७ लाख ८५ हजार सात सय रुपैंयाँ कायम भएको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको उकालो लाग्दा बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।