काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन २६ दशमलव २९ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार २४ दशमलव ५७ अंकले उकालो लागेर २६ सय ५१ दशमलव ६८ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ अंकले उकालो लागेर चार सय ६० दशमलव ६१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४० करोड सात लाख ५२ हजार पाँच सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजारमा पुरै हरियाली देखिएको छ ।