Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिनेपाललाई माया गर्न सिक्दै छु……….

नेपाललाई माया गर्न सिक्दै छु……….


नेपाललाई माया गर्न सिक्दै छु
आफ्नै देशमा धेरै थोक उत्पादन गर्न खोज्दै छु
भोकले त मलाई पनि गलाएको थियो
खानको खोजीमा हिँड्दै डुल्दै समय गयो

खोलाको किनारमा पुगिएको छ
पिउन खोजे पानी चिसो छ
यहाँको जमिन खोला भन्दा राम्रो छ
मैले सोधिरहन्छु मेरो बसाई नेपालमा छ

मेरो इन्द्रियले शरीरलाई समातेको छ
मेरो मनको बह पोख्छु उनको बसाई कहाँ छ
म सधैँ खाली खुट्टा हिँड्छु
मेरो छोरोलाई धेरै माया दिएर पालेको छु

म एक नेपाली नागरिक हु
को हुनुहुन्छ वहाँ सोध्दा आँखा रातो भएको देखेको छु
के जवाफ दिन्छन् उनले मलाई थाहा भो
छोरा छोरीले देशको लागि योगदान गरुन् चाहना हो

मनै बाट परिवर्तन गर्नुपर्छ , सबको मनलाई बदल्नुपर्छ
किनभने यो समयमा सबैले देशको लागि काम गर्न सक्नुपर्छ
नेपाललाई माया गर्न सिक्दै छु
आफ्नै देशमा धेरै थोक उत्पादन गर्न खोज्दै छु

गोबिन्द राज ओझा (राजन)
ठेगाना:दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया