चैत २७ गतेदेखि चतराधाममा महाकुम्भ हुँदै
काठमाडौँ । बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थल रहेको चर्चा गरे । उनले उक्त मेलामा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त गर्ने धारणा राखे । यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दु समेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने जगत्गुरु देवाचार्यको भनाई थियो ।
बराह क्षेत्रमा २०५९ सालदेखि जगत्गुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ ।
महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिए । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।
जगत्गुरु देवाचार्य आफूले वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको दाबी गर्छन् । यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला तयारी समिति गठन गरिएको थियो । सचिव पोखरेलले चतराधाममा हुन गइरहको महाकुम्भ मेला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको बताए ।
‘मेरो देशको तीर्थ, मेरो देशको सान : सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको र यस मेलाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको उनले बताए । सचिव पोखरेलले मेलामा आवतजावतका लागि भक्तजनलाई शान्तिसुरक्षा एवं आवश्यक अन्य व्यवस्थापन गरिसकिएको जानकारी दिए ।
क्याटेगोरी : कला / संस्कृति
ताजा अपडेट
- मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा
- भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने
- सवारी चालक अनुमतिपत्रको व्यवस्थामा स्थिरताको खाँचो
- भ्रष्टाचारको चास्नीमा डुबुल्की मार्ने कर्मचारीहरूको नाममा
- ‘हिंंसा’ शब्दमाथि संसदीय बहस निरर्थक
- पेट्रोलियम इन्धनको भाउ घट्यो
- एक वर्षमा भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय ५४ प्रतिवादी साढे आठ अर्ब बिगो दाबी
- बैंक खाता रोक्का र फुकुवासम्बन्धी नयाँ व्यवस्था
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया