Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिभक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुँदै

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुँदै


भक्तपुर  । बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ  । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । वैशाख दुई गतेसम्म महोत्सव आयोजना हुने र तीन गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए । ‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामग्रीलगायतको करिब दुई सय स्टल रहनेछ,’ मेला आयोजक समितिका संयोजक दीपक थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहनेछ । महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्सलगायत विभिन्न खेलहरू रहने छन् । त्यसैक्रममा दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई भने ७० रुपैयाँको टिकट लाग्ने संयोजक थापाले बताए । करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।


क्याटेगोरी : कला / संस्कृति
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया