Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिआज पहाडी क्षेत्रमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

आज पहाडी क्षेत्रमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै


काठमाडौँ । देशको पहाडी भेगमा आइतबार उल्लाहसपूर्वक होली पर्व मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

नेपाली र विदेशीसमेत सहभागी भएर काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । होली खेल्न पर्यटक उत्साहित हुने गरेका पर्यटकका पथप्रदर्शक राजन मिश्रले बताए । “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उाले भने ।

सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले होलीपर्व सभ्य र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाए । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उनले दिएका छन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया