Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालीमा

‘इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालीमा


काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउन्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’ को अनुवादित संस्करण जारी गरेका छन् । यो पुस्तक अब अंग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपालीमा पनि उपलब्ध भएको हो ।

नेपाली भाषामा अनुवादित यसको पहिलो संस्करण मंगलबार एक कार्यक्रमका बीच राजधानीमा लोकार्पण गरिएको हो । विमोचन कार्यक्रममा इनड्राइभका संस्थापक आर्सेन टम्स्कीले इनड्राइभको जग र विकास आफ्नो लागि व्यावसायिक प्रयास मात्र नभएर एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा रहेको बताए । पुस्तकले आर्सेनको जीवन कथालाई उजागर गरेको छ । पुस्तकमा साइबेरियामा जीवनको कठोर वास्तविकताहरू नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्ने विषयहरू समावेश छन् । प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण हो । यस पुस्तकले पाठकलाई उनीहरूको पृष्ठभूमि वा परिस्थितिको फरकपनाले कुनै असर नपारिकन नै उनीहरूको भाग्यको जिम्मा लिन उत्प्रेरित र मोहित गर्ने बताइएको छ ।

आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुन्, जसले इनड्राइभको स्थापना गरेर यसलाई विश्वव्यापी राइड–हेलिङ बनाएका छन् । एक सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्न सुरु गरेका उनी बिस्तारै उद्यमशीलतामा सरेका थिए । पूर्वी साइबेरियाको दुर्गम सहरको कठिन परिस्थितिमा काम गर्दै उनले आफ्नै व्यवसाय विकास विधि र विचारधाराको विकास गरेका थिए । उनको इनड्राइभ एप हाल १७५ मिलियनभन्दा बढी पटक डाउनलोड गरिएको छ । सन् २०२२ मा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप थियो । राइड–हेलिङको अतिरिक्त, इनड्राइभले इन्टरसिटी यातायात, माल ढुवानी, कार्य सहायता, कुरियर डेलिभरी र रोजगार प्रदान गर्ने गरेको छ । इनड्राइभले ४० भन्दा बढी देशहरूमा सेवा सञ्चालन गरी स्थानीयलाई रोजगारी तथा सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #page 3

तपाईको प्रतिक्रिया