‘विश्व सांस्कृतिक उत्सव–२०२३’ मा नेपाल
काठमाडौं । अमेरिकाको वासिङ्गटन डिसीस्थित मेट्रो एरियामा आयोजना भएको विश्व सांस्कृतिक उत्सव २०२३ मा नेपालले पनि सहभागिता जनाएको छ । सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म तीन दिने सो उत्सवमा एक सय ८० राष्ट्रले सहभागी जनाएको छन् ।
सहभागी राष्ट्रले आफ्नो मौलिक संस्कृतिसम्बन्धी प्रस्तुति गरेका छन् । संसारभरका विभिन्न संस्कृतिलाई एकै ठाउँमा ल्याई एकै सूत्रमा बाँध्ने काम आर्ट अफ लिभिङका संस्थापक तथा आध्यात्मिक गुरु श्रीश्री रविशंकरले गरेका हुन् । हालसम्म पाँच लाखभन्दा बढी सहभागीले कार्यक्रममा सरिक भएर सांस्कृतिक विविधताको महत्वमाथि ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा विभिन्न राष्ट्रले आफ्नो देशको भेषभूषा, नृत्य, संगीत तथा परिकारको प्रस्तुति देखाइरहेका छन् । नेपालले पनि विभिन्न समुदायको सात मौलिक नृत्यहरू सोही समुदायको सांस्कृतिक पहिरन पहिरिएर प्रस्तुति गरेको छ । नेपालको टोलीमा १३ वर्षदेखि ६० वर्षसम्मका एक सय ५० जना कलाकारहरू रहेका छन् । नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेशबहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका छन् । नेपालको ‘विश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने बताइएको छ ।
यस वर्ष हुन लागेको ‘विश्व सांस्कृतिक उत्सव २०२३’ चौथो संस्करण हो, सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करणमा पच्चीस लाख सहभागी थिए । त्यसैगरी, दोश्रो संस्करण जुन बर्लिनमा सन् २०११ मा सम्पन्न भएको थियो भने तेस्रो संस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया