Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी

रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी


बुटवल । रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्बभन्दा बढी लगानी रहेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका अनुसार हालसम्म घरेलु तथा साना उद्योगमा ४१ अर्ब पाँच करोड ६९ लाख ८८ हजार ६६ रुपैयाँ पुँजी लगानी भएको छ ।

यस्तै, जिल्लामा १७ हजार आठ सय २४ वटा साना उद्योगहरू दर्ता भएका छन् । कार्यालयका प्रमुख अर्जुनबहादुर थापाका अनुसार जिल्लामा उत्पादनमूलक क्षेत्रमा लघु ७८ वटा, घरेलु तीन सय ७५ वटा र ६ हजार नौ सय ७९ वटा मझौला उद्योग दर्ता भएका छन् । उत्पादनमूलक उद्योगहरूमा २१ अर्ब ५१ करोड २१ लाख ४२ हजार पाँच सय ९२ रुपैयाँ लगानी भएको छ भने उद्योगहरूले ३९ हजार ५४ जनालाई रोजगारी दिएका छन् ।

यस्तै, कृषि तथा वनजन्य उद्योगतर्फ नौ अर्ब ३५ करोड ९५ लाख ६२ हजार चार सय सात रुपैयाँ लगानी भएको छ । यस क्षेत्रमा १० वटा लघु, आठ वटा घरेलु र तीन हजार तीन सय ५४ वटा साना उद्योहरू दर्ता भएका छन् । यी उद्योगहरूले ११ हजार एक सय २८ जनालाई रोजगारी दिएको कार्यालय प्रमुख थापाले जानकारी दिए । पर्यटनमूलक क्षेत्रका उद्योगतर्फ भने कुल तीन अर्ब ९५ करोड १३ लाख ३३ हजार ६१ रुपैयाँ लगानी भएको छ । यस क्षेत्रमा ४० वटा लघु, एउटा घरेलु, दुई हजार पाँच सय २८ वटा साना उद्योग दर्ता छन् ।

त्यस्तै, सेवामूलक उद्योगतर्फ ७९ वटा लघु, २७ वटा घरेलु, चार हजार तीन सय ९२ वटा साना गरी कुल चार हजार चार सय ९९ उद्योग दर्ता भएको छन् । यी उद्योगहरूमा छ अर्ब २३ करोड ३९ लाख ४९ हजार सात सय छ रुपैयाँ लगानी रहेको छ । कार्यालय प्रमुख थापाका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्रै तीन अर्ब ५० करोड ५५ लाख ५९ हजार दुई सय ५३ रुपैयाँ उद्योगमा लगानी भएको छ ।

गत आर्थिक वर्षमा जिल्लाभर कुल एक हजार एक सय ३० उद्योगमा उक्त पुँजी परिचालन भएको हो । उक्त उद्योगहरूबाट चार हजार सात सय जनालाई रोजगारी मिलेको थापाले बताए । गत वर्ष उत्पादनमूलक क्षेत्रमा कुल दुई सय ८१ वटा साना उद्योग दर्ता भएका थिए । उक्त उद्योगहरूको कुल पुँजी एक अर्ब ३६ करोड ७९ लाख ४८ हजार तीन सय ५६ रुपैयाँ रहेको छ । यस्तै, एक अर्ब २२ करोड ९२ लाख ३४ हजार तीन सय रुपैयाँ पुँजी लगानीमा चार सय १९ वटा कृषि तथा वनजन्य साना उद्योगहरू दर्ता भएका थिए । थापाका अनुसार गत वर्ष पर्यटनमूलक क्षेत्रमा एक सय ८६ वटा उद्योग दर्ता भएका छन् । ४२ करोड ६० लाख ८७ हजार एक सय दुई रुपैयाँ लगानी ती उद्योग दर्ता भएका हुन् । सेवामूलक उद्योगमा भने गत वर्ष ४८ करोड २२ लाख ९९ हजार चार सय ९५ हजार रुपैयाँ लगानीमा दुई सय ४४ वटा साना उद्योगहरू दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा लघु र मझौला उद्योग भने दर्ता नभएको थापाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया