Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘अल्टिमा वाच सर्कल र वाच म्याजिक प्रो’ स्मार्टवाच

‘अल्टिमा वाच सर्कल र वाच म्याजिक प्रो’ स्मार्टवाच


काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफ स्टाइलले नयाँ दुई स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । कम्पनीले ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो । ‘अल्टिमा वाच सर्कल’ सीमित अवधिका लागि तीन हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको वास्तविक बजार मूल्य भने पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरू पनि रहेका छन् । साथै, ब्लुटुथ कलिङ सुविधा, एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली दुई सय ५० एमएएच ब्याट्री क्षमता यो स्मार्टवाचमा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, ‘अल्टिमा वाच म्याजिक प्रो’ पनि सीमित अवधिका लागि दुई हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवद्र्धन गरिएको हो । तत्पश्चात् वाच म्याजिक प्रोको पनि बजार मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ नै रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया