इसेवामा मोटरसाइकल जित्ने मौका
काठमाडौं । इसेवाले दशैँ तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा तीन लाख ७९ हजार नौ सय रुपैयाँ मूल्य भएको यामाहा न्यू एफजेड एफआई भर्जन ३.० मोटरसाइकल जित्न सकिनेछ । यसैगरी सो खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले सोही मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ ।
इसेवा डिजिटल उत्सव अफरअन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा एक भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् । साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली एक जनाले एक सय गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ । त्यसैगरी इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली पाँच जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा एक जनाले रियलमी ११ एक्स फाईभजी पाउने कम्पनीले जनाएको छ । साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले तीन सय रुपैयाँसम्मको क्यासब्याक तथा टिभी समेत जित्न सक्नेछन् । यसैगरी बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा तीन दिन दुई रातको स्टेकेसन जित्न सक्नेछन् ।
इसेवामा आबद्ध व्यवसायीहरूले समेत ग्राहकमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्यान्डविच मेकरलगायतको उपहार जित्न सक्नेछन् । त्यसैगरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन् । विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदारमार्फत इसेवा वालेटमा पाँच हजार रुपैयाँभन्दा बढीको भुक्तानी पाउने सबैले टप–अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया