एनसेलद्वारा छ जनालाई बम्परमा स्कुटर पुरस्कार
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत छ जनालाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरूप सात जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।
सो घोषणाअनुसार कम्पनीले छ जनालाई स्कुटर प्रदान गरिसकेको जनाएको छ । कम्पनीका अनुसार मंगलबार र बुधबार विभिन्न सहरहरूमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि स्कुटर हस्तान्तरण गरिएको हो । कम्पनीले बुधबार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा तथा मंगलबार विराटनगर, धनगढी र हेटौडामा एक कार्यक्रम आयोजना गरी स्कुटर वितरण गरेको थियो । बुधबार एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वरमा ललितपुरका आकाश तामाङलाई, एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई र अभिनेत्री प्रियंका कार्कीले सप्तरीका सुदीप कुँवर क्षेत्रीलाई बम्पर पुरस्कार प्रदान गरेकी थिइन् ।
यसैगरी, मंगलबार विराटनगरमा अभिनेत्री कार्कीले सुनसरीका रोहन शर्मालाई, धनगढीमा अभिनेत्री अधिकारीले गोमाकुमारी खराललाई र हेटौँडामा एनसेलका प्रोडक्ट डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई बम्पर पुरस्कार हस्तान्तरण गरेका थिए । यो योजना एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’अन्तर्गत भदौ ३१ गतेदेखि २८ दिनसम्म सञ्चालनमा रहेको थियो । यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो । साथै, एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार जनालाई हरेक हप्ता सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजनाअन्तर्गत दैनिकरूपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए ।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्तअनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्यांकन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरूप सात जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 13
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया