Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली एप ‘रमाइलो’ फेरि सञ्चालनमा

नेपाली एप ‘रमाइलो’ फेरि सञ्चालनमा


काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भई केही दिन रोकिएको मोबाइल एप ‘रमाइलो’ पुनः सञ्चालनमा आएको छ । गुगल प्ले स्टोरका केही सर्त पूरा हुन बाँकी भएकाले सो एप केही दिन रोकिएको थियो ।

गुगल प्ले स्टोरको सर्त पूरा गरी सो एप फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेसनोट जारी गरी जानकारी दिएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ । कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै दुई लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीको दाबी छ । यस एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।

कम्पनीले केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ । साथै, प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकास गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया