Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग

सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्टेलिङ गरी बजारमा सिमेण्टको मूल्यवृद्धि गरिएकाले तत्काल खारेज गर्न माग गरेको छ । स्वतस्फूर्तरूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुलाबजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको महासंघको आरोप छ ।

महासंघका महासचिव रोशन दाहालले बुधबार एक विज्ञप्ति जारी गरी अव्यावहारिक एवम् अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रतिबोरा एक सय रुपैयाँ मूल्यवृद्धि गरेको जानकारी दिएका छन् । सो मूल्यवृद्धि कानुनविपरीतको दण्डनीय अपराध भएको महासंघको दाबी छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटकपटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा उल्लेख छ ।

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धिले अझै पलायनको बाटोमा लैजाने महासंघको भनाइ छ । मूल्यवृद्धि अविलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन पनि महासंघले सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया