Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी

सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी


काठमाडौं । स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जी बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनको अगाडिपट्टि १३ एमपीको सेल्फी क्यामरा जडित छ भने पछाडि ओआईएस र भीडीआईएस युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ । साथै, यसमा ८ एमपी अल्ट्रा वाइड क्यामरा र दुई एमपी म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा एक्सनोस १२८० प्रोसेसर जडित छ भनेँ यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध चलिरहन्छ । यस्तै, यो फोनमा पाँच हजार एमएएच ब्याट्री रहेको छ । यससँगै उपलब्ध असली सामसङ २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै चार्ज समेत गर्न सकिने कम्पनीको भनाइ छ । यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित वान युआई ६.० मा ४ मुख्य एण्ड्रोइड ओएस अद्यावधिकहरू र पाँच वर्षको सुरक्षात्मक अद्यावधिकहरू प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जी दुईथरीको ८जीबी ¥याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप एक टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेँलो गरी तीन रङ्गहरूमा पाइने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया