Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिट्रोनको ‘न्यू इयर बोनान्जा’ अफर

सिट्रोनको ‘न्यू इयर बोनान्जा’ अफर


काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ अफर ल्याएको छ । यस अफरअन्तर्गत सिट्रोनका दुई लोकप्रिय मोडलहरू सिट्रोन सी ३ (पेट्रोल भर्जन) र सिट्रोन ई सी ३ (विद्युतीय भर्जन) मा नगद छुटलगायत अन्य फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरूले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सी ३ मा दुई लाख रुपैयाँ र विद्युतीय भर्जन सिट्रोन इ सी ३ मा एक लाख रुपैयाँसम्मको नगद छुटको लाभ पाउन सक्नेछन् । नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षका लागि निःशुल्क बीमा र निःशुल्क कार बास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन्, जसले आफ्ना ग्राहकहरूको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ । यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रूपमा विश्वप्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया