Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘फोन–पे गर्ने हो’ को घोषणा

‘फोन–पे गर्ने हो’ को घोषणा


काठमाडौं । भुक्तानी सेवा प्रदायक फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोन–पेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गरेको छ ।

कम्पनीका अनुसार फोन–पे क्युआर र फोन–पे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरूलाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसहरू माझ थप उजागर गराउनु यस अभियानको उद्देश्य रहेको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने यस अभियानमा सहभागिता जनाउन फोन–पेको फोन–पे क्युआर अथवा फोन–पे डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ । त्यसको साथसाथै फोन–पे क्युआर वा फोन–पे डिरेक्ट, दुवै सेवा पाँच पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरूले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया