Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफुडमान्डुको ‘न्यु इयर फिस्ट’ अफर

फुडमान्डुको ‘न्यु इयर फिस्ट’ अफर


काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यु इयर फिस्ट अफर लिएर आएको छ । यस अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै हरेक दिन फरकफरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सकिनेछ । उक्त भौचर कोड फुडमान्डुको एप र फुडमान्डुको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिनेछ । फुडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेसा भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले ल्याएको आकर्षक अफरको ग्राहकहरूले भरपुर फाइदा लिनसक्ने बताइन् । माघ १७ गतेसम्म लागू हुने यस अफरबाट लाभ लिनको लागि फुडमान्डुुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया