Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिग मार्टमा कार उपहार

बिग मार्टमा कार उपहार


काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ । कम्पनीको यो उत्सव योजना माघ १ गतेदेखि फागुन १५ गतेसम्म चल्ने बताइएको छ ।

बिग मार्टमा किनमेल गर्नेलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन बिग मार्टले बिग मार्ट कार उपहार उत्सव ल्याएको जनाएको छ । यस अफरमा हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था छ । सोअनुसार बम्पर पुरस्कारमा एक जनाले टाटा टिंगो कार पाउनेछन् ।

यस्तै, एक जनाले यामाहा रे–जेड स्कुटर, पाँच जनाले स्मार्टफोनहरू र १० जनाले जनही पाँच हजार रुपैयाँ बराबरको किनमेल भौचर पाउने कम्पनीले जनाएको छ । साथै, भुक्तानीमा १५ प्रतिशतसम्म तत्काल छुट पाइनेछ । कम्पनीका अनुसार सात सय ५० रुपैयाँ वा सोभन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया