Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअरुण भ्याली हाइड्रोपावरको साधारणसभा

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा


काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६ औँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा भएको छ । राजधानीमा आइतबार भएको साधारणसभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले पहिलो आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको तीन मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत् आयोजना हो । यस आयोजनले विक्रम सम्वत् २०६० साल असोज १ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत्ले नेपालका पूर्वी पहाडी जिल्लालाई लोडसेडिङ मुक्त बनाउन ठूलो योगदान गरिरहेको कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले ताप्लेजुङ, पाँचथर सिमाना भएर बहने काबेली खोलामा नौ दशमलव ९४ मेगोवाट क्षमता भएको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७८ चैत १२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ ।

हाल कम्पनीसँग निर्माण आयोजना नरहेकाले कम्पनीले सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरी पिके हाइड्रोपावर लिमिटेडमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरी ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेवा क्षमताको लिखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हकप्रद निष्काशनका लागि अघि बढेको छ । बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो । अरुण भ्यालीले एक करोड ८६ लाख ७९ हजार छ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया