Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रथम चावहिल जुत्ता चप्पल व्यापार मेलामा ५० प्रतिशसम्म छुट

प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेलामा ५० प्रतिशसम्म छुट


काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आर्कषक अफरका साथ सञ्चालन भइरहेको छ । गत माघ १८ गतेदेखि सुरु भएको मेला आगामी फागुन १८ गतेसम्म चल्ने बताइएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ ।

एउटै छानामुनि सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल कारखानाकै मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । नेपाली ब्राण्डका जुत्ताको प्रचार/प्रसार गरी आमउपभोक्ता माझ पुर्याउने मूल उद्देश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरी सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एक सयभन्दा बढी स्टलहरूमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजावट गरी राखिएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका थिए ।

नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईँले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा छ करोड मात्र रहेको छ । यसलाई बजारीकरणका लागि विभिन्न स्थानहरूमा प्रदर्शनी तथा मेला गर्नुपरेको उनको भनाइ छ । एक महिने मेलामा करिब पाँच करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोरभन्दा बढी जुत्ताचप्पल बिक्री हुने अनुमान गरिएको छ ।

मेलामा सुरभी पोलिमर्स कम्पनीका हाई लाइफ, पवित्र सु इन्डस्ट्रिजका सु ल्याण्ड, फुट फेसनका बेली, बोस सुज कलेक्सनका बोस सुज, वेलकम सुज कलेक्सनका आइडल, फुडमान्डु सुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एन्ड सुस्मिता ट्रेडर्सका वन वल्र्ड, बज्र फुटवेयर इन्डस्ट्रिजका कोसेली, रन सुज इन्डस्ट्रिजका रन सुज, शिखर सुज इन्डस्ट्रिजका शिखर सुज, पारागन फुटवेयर इन्डस्ट्रिजका पिजी सुज, नियसा सुज इन्डस्ट्रिजका ब्याम्बो सुजलगायतको कम्पनी तथा ब्राण्डको रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया