एक्स कस्मोपोलिटिएनको आउटलेट नक्सालमा
काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । काठमाडौंको नक्सालमा हालै एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात गरिएको हो ।
दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहकार यकुब अल अली र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरेका थिए । कार्यक्रममा महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिकरूपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरू उपलब्ध गरिएको छ । सोभनियर बुटिकअन्र्तगत नेपालको समुद्री सतहदेखि छ हजार पाँच सय मिटरसम्मको हिमाली उचाइमा पाइने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर महलगायत विभिन्न पहाडी इलाकामा पाइने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिकरूपमा विशेष प्रयोग हुने साम्रगीहरू बिक्रीको लागि राखिने छ । विशेषतः नेपालमा घुम्न आउने पर्यटकहरूलाई नै लक्षित गरेर सोभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया