Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउलिङ ईभी भ्यान नेपालमा सार्वजनिक गरिने

उलिङ ईभी भ्यान नेपालमा सार्वजनिक गरिने


काठमाडौं । नेपालमै पहिलो पटक आठ वर्ष वा चार लाख किलोमिटर वारेन्टी भएको उलिङ कमर्सियल भ्यान सार्वजनिक गरिने भएको छ । सो भ्यान नेपालमा सार्वजनिक गर्ने सम्बन्धमा ससिला मोटर्स प्रालिले ईभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता गरेको छ ।

उलिङ मोटर्स होल्डिङसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा एक सय वर्ष बढीको अनुभव रहेको छ । उलिङ मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौतापश्चात् ससिला मोटर्स उलिङ मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूको लागि एक मात्र आधिकारक वितरकको रूपमा रहनेछ । उक्त सम्झौतामा ससिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्स होल्डिङका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । ससिला मोटर्सले छिट्टै नै नेपालमा ११ सिट क्षमताको ईभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागेको जनाएको छ ।

उक्त मिनि भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै, ईभी भ्यानहरूमध्ये ग्राहकको पहिलो रोजाइमा स्थान बनाउन सफल हुने कम्पनीको दाबी छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए । उलिङ ईभी भ्यानमा आठ वर्ष वा चार लाख किलोमिटरसम्मको वारेन्टी, ४१ दशमलव ८७ किलोवाट आवर ब्याट्री, कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, सिङ्गल चार्जमा तीन सय किलोमिटर रेन्जलगायतका विशेषताहरू रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया