Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको नाफा सात प्रतिशतले घट्यो

टेलिकमको नाफा सात प्रतिशतले घट्यो


काठमाडौं । नेपाल टेलिकमको नाफामा सात प्रतिशतभन्दा बढीले कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (पुस मसान्त)सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यस वर्ष तीन अर्ब ९३ करोड १४ लाख तीन हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सोही अवधीमा गत आव चार अर्ब २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको नाफा गत आवको तुलनामा यस वर्ष ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँ (अर्थात् सात दशमलव ६० प्रतिशत)ले कमी भएको हो । यस्तै, कम्पनीको कुल आयमा पनि तीन दशमलव ५८ प्रतिशतले कमी आएको छ । कम्पनीको यस आवको दोस्रो त्रैमासिक अवधिमा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ कुल आय रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आय २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल आयमा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कमी आएको हो । यसैगरी कम्पनीको दोस्रो त्रैमासको सञ्चालन आयमा पनि कमी आएको छ । कम्पनीको चालू आवको दोस्रो त्रैमासिक अवधिमा कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय १८ अर्ब सात करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३ दशमलव ६८ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको तुलनामा यस वर्ष करिब ५२ करोड ९२ लाख ७५ हजार रुपैयाँले कमी भएको छ । यस्तै, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड सात लाख रुपैयाँले कमी भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया