Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीको इलेक्ट्रिक सुपर कार मोडल यु९ सार्वजनिक

बीवाईडीको इलेक्ट्रिक सुपर कार मोडल यु९ सार्वजनिक


काठमाडौं । बीवाईडीले आफ्नो पहिलो प्रिमियम उप–ब्राण्डअन्तर्गतको इलेक्ट्रिक सुपरकार मोडल यु९को अनावरण गरेको छ । बिक्री मूल्य एक दशमलव ६८ मिलियन चिनियाँ रकम तोकिएको याङवाङ यु९को बिक्री वितरण यही वर्षको गर्मीमा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यु९ लाई मजबुत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका तथा रमाइलोका लागि तयार गरिएको छ । यसमा दुई मुख्य प्रविधिहरू ई४ प्लेटफर्म र डिसुस–एक्स बडी रहेका छन् । ई४ प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन् । चारवटै पाङ्ग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन र अनुभव अनुभूति दिन्छ । यसमा एक हजार तीन सय हर्सपावर र अधिकतम एक हजार छ सय ८० एनएमको ट्वर्क क्षमता छ । यसैगरी यसमा डिसुस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली छ । यसको प्रयोगले यु९ को सस्पेन्सनलाई उच्चतम ७५ एमएमसम्मको यात्रा गर्न दिन्छ । हालसालै गरिएको अनुसन्धानमा याङवाङ यु९ को शीर्ष गति तीन सय नौ दशमलव १९ किलोमिटर प्रतिघण्टा र शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टा दुई दशमलव ३६ सेकेन्डमा, ०–४०० एम एसिलेरेसन मात्र नौ दशमलव ७८ सेकेन्डमा भन्ने प्रमाणित भएको थियो । त्योसँगै ट्रयाकमा गरिएको परीक्षणमा यु९को अतिसुधारिएको ताप व्यवस्थापन प्रविधिले उच्च तापको व्यवस्थापन गर्दै अधिकतम शीतलता धारण गर्ने क्षमतामा शतप्रतिशत वृद्धि देखाएको छ ।

कम्पनीका अनुसार याङवाङ यु९ डिलिङ्क एक सय ५० इन्टेलिजेन्ट प्लेटफर्मबाट सुसज्जित छ । विशेषगरी ट्र्याक ड्राइभिङको लागि डिजाइन गरिएको यो एक इन्टेलिजेन्ट रेसिङ सहायक हो । याङवाङ यू९ को क्याबिनमा दुई १४ तरिकाले समायोजन गर्न मिल्ने सिटहरू छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया