Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा गोगोरो ब्याट्री स्वापिङ र क्रसओभर जिएक्स२५० स्कुटर सार्वजनिक

नेपालमा गोगोरो ब्याट्री स्वापिङ र क्रसओभर जिएक्स२५० स्कुटर सार्वजनिक


काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी र नेबुला इनर्जीले काठमाडौंमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जिएक्स२५० स्मार्ट स्कुटर लन्च गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपाङ्ग्रे एसयूभी क्रसओभर स्मार्ट स्कुटर जिएक्स२५० को संयुक्तरूपमा अनावरण गरेका थिए । नेबुला इनर्जी प्रालि नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार रहेको छ । गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्ने बताइएको छ । गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ ।

नेबुला इनर्जीले सुरुमा रणनीतिक बीटुबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्नेछ । त्यसपछि हरेक २–३ किलोमिटरमा एउटा स्टेसन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर गो स्टेसन स्थापना गर्ने जनाएको छ । साथै, नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ । स्कुटरहरू दशैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । साथै, कम्पनीले नेपालमा पेट्रोलपम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेसनहरू स्थापना गर्ने योजना बनाएको छ ।

साथै, नेबुला इनर्जीले सार्वजनिक गरेको गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयूभी जिएक्स२५० स्मार्ट स्कुटर गोगोरोद्वारा भारतमा निर्मित पहिलो स्मार्टस्कुटर हो । क्रसओभर शृङ्ला पुनः डिजाइन गरिएको अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिङ र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, यसको नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउने तथा आराम र स्थिरताका साथ ठूला भारहरू पनि बोक्ने बताइएको छ ।

यस्तै, कम्पनीको गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो, जुन स्मार्ट अनि सुरक्षित छ । यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्छ । ताइवानमा गोगोरो नेटवर्कले छ लाखभन्दा बढी राइडरहरूलाई सेवा दिएको छ । यसका दुई हजार पाँच सय स्थानहरूमा उपलब्ध १२ हजार ब्याट्री स्वापिङ स्टेसनहरूको नेटवर्कमार्फत् १४ लाखभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेसनमा छन् । हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ९० प्रतिशतभन्दा बढी बजार हिस्सा छ ।

ब्याट्री स्वापिङ एक इनोभेटिभ तरिका हो, यसमा फुलचार्ज भएको ब्याट्रीलाई द्रूतरूपमा प्रतिस्थापन गरिन्छ । यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ । साथै, सुरक्षित, दिगो अनि मापनयोग्य तरिकामा सहरी मोबाइल ऊर्जा मागहरूलाई सम्बोधन गर्न मद्दत गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया