Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच सम्झौता


काठमाडौं  । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् ।

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ–नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत पुर्याउन आवश्यक रहेकाले दुई संस्थाबीच सम्झौता गरिएको बताइएको छ । लगानीको लागि लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानीपश्चात्को विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको हो । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो । त्यसैगरी लगानी हब प्रालि लगानीको नयाँ–नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्रोत पुर्याउने गरी स्थापित कम्पनी हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया