Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएयरपोर्टमा एडुरोम सेवा

एयरपोर्टमा एडुरोम सेवा


काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिकरूपमा सुचारु भएको छ । विमानस्थलको आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटाभन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित संस्थाको कर्मचारीहरूका लागि तयार पारिएको हो ।

यो विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ । विश्वभर लाखौं एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन्।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया