Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउन आग्रह

मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउन आग्रह


काठमाडौं ।
नेपाल उद्योग परिसंघले कोरोना महामारीबाट प्रभावित बनेको संगठित र असंगठित क्षेत्रका मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गरी परिसंघले श्रमिकको हितमा कार्य गर्न सरकारलाई आग्रह गरेको हो ।

कोरोनाबाट आमनागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य रहेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए । साथै उनले मजदुर वर्ग स्वयं सचेत बन्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताए । अध्यक्ष मोरले कोभिडको प्रकोपबाट उत्पन्न समस्याहरुले प्रत्यक्षरुमा उद्योग, व्यापार तथा व्यवसायमा समेत प्रभाव परिरहेको भन्दै मानव जीवन र अर्थतन्त्र एक अर्काको पर्याय हुन् भन्ने सोचका साथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न र उद्योग व्यसाय सञ्चालनमा सहजता बनाउन माग गरे ।

खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्ट ट्र्याकबाट खोप आयात गरी खोपलाई अभियानको रुपमा नेपालभर लगाउने व्यवस्था मिलाउनुपर्ने उनको माग छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न परिसंघले माग गरेको छ ।

साथै परिसंघले देशमा औद्योगिक वातावरणसहित श्रमजीवीलाई एकताबद्ध बनाई मजबुत, सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउन श्रमिक दिवसले प्रेरणा मिलोस् भन्ने कामना समेत गरेको छ । उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्नै उद्योगमैत्री वातावरणको सृजना गर्न यस दिवस अभियानको रुपमा अगाडि बढ्ने परिसंघको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया