Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न

सामसङ विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न


काठमाडौं । सामसङको विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न भएको छ । तेस्रो लक्की ड्रबाट २१ जना भाग्यशाली विजेता छानिएका छन् । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरेको हो । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।

उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको तेस्रो लक्की मंगलबार सम्पन्न भएको हो । तेस्रो लक्की ड्र मा नोभेम्बर २० तारिखदेखि २६ तारिखसम्मको अवधिलाई समेटिएको छ । उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । अब बाँकी हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । पाँच ग्राम सुनको सिक्का जित्ने अवसर नोभेम्बर ३० सम्म रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x