Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचर्को ब्याजदरविरुद्ध विरोध प्रदर्शन

चर्को ब्याजदरविरुद्ध विरोध प्रदर्शन


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कर्णाली प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोबाइल्स एसोसिएसन नेपालले चर्को ब्याजदरविरुद्ध वीरेन्द्रनगरमा पनि विरोध प्रदर्शन गरेको छ । एसोसिएसनले सुर्खेतस्थित वीरेन्द्रनगरको मंगलगढी चौकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत त्यस एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो । सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि नेपालका वित्तीय निकायहरुको कायम राखेको चर्को ब्याजदरको कारण अटोमोबाइल व्यवसायमा अनुकूल वातावरण बन्न नसकेको एसोसिएसनका अध्यक्ष भद्र भण्डारीको आरोप थियो ।

अटोमोबाइललगायत समग्र उद्योग व्यवसाय नै गम्भीर रुपले प्रभावित भएको कारण व्यवसायीले ब्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको ब्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, जस्ता माग राख्दै धर्ना कार्यक्रम गरिएको एसोसिएसनले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x