Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

टीसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण


काठमाडौं । नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टीसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन् ।

टीसीएल टिमले काठमाडौं टंगाल, कुमारीपाटी र वसुन्धाराका शोरुमहरुका साथै विभिन्न डिलर सपहरुको भ्रमण गरेका हुन् । सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टीसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । यो भ्रमणले कम्पनीलाई नेपालमा सेवा अझ व्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको उनको भनाइ छ । ग्राहकहरुलाई उच्चस्तरीय अनुभव प्रदान गर्न चाँडै टीसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टीसीएलको भावी योजना छ ।

टीसीएल, चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत शृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ । वर्तमानमा टीसीएलको उपस्थिति विश्वको एक सय ६० भन्दा बढी देशहरुमा छ । आफ्नै म्यानुफ्याक्चरिङ्ग र रिसर्च एन्ड डेभेलपमेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलका टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर र साउन्डबारजस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन् ।

यस्तै कम्पनीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको ‘फुटबल हङ्गामा’ योजना हालसम्म कायमै राखेको छ । टीसीएल अन्तर्राष्ट्रिय ब्राजिलियन फुटबल टिमको आधिकारिक प्रायोजक पनि हो । कम्पनीले टीसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x